श्रीसिया गोल्डकपमा नव जनजागृति क्लब विजयी

17

वीरगञ्ज, २९ फागुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा बुधबार भएको खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ ।
वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको अन्तिम क्वाटरफाईनल खेलमा मकवानपुर फुटबल एकेडमीलाई नव जनजागृति क्लब सिमराले ५–० गोलले पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच नव जनजागृति क्लब सिमराका जर्सी १० प्रजवल थापा मगर भएका थिए । प्रतियोगितामा भोलीको हुने पहिलो सेमिफाईनल खेलमा युवा स्पोटर्स क्लब वीरगंज र एपिएफ क्लब महोत्तरी बिच प्रतिस्पर्धा हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड र मेडल प्रदान गरिने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो ।

https://ankushdaily.com/