सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष कुशवाहा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

56

बारा, २९ फागुन ।
सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुशवाहालाई प्रहरीले गिरफ्तार गरेको छ । एक विवादित महिला अधिकारकर्मी लाई लगातार फोन गरी यौन प्रस्ताव राख्न दबाब दिएपछि ति महिला अधिकारकर्मीले प्रहरीलाई खबर गरेकी थिइन् । जयन्त कुशवाहाको श्रीमति रिना कुशवाहा सिम्रौनगढ नगरपालिकाको उपमेयर पदमा राजपाको टिकटबाट चुनाव लडेर निर्वाचित भएपछि उनले पाएको गाडी जयन्तले चढ्दै अँएका थिए । रंगीला मिजाजका धनी जयन्तको छुद्र व्यवहारले आज उनको मान प्रतिष्ठासंगै उनको श्रीमतिले पनि बदनामी व्यहोर्नु परेको छ ।
जयन्तले लगातार दुई महिनादेखि फोनमा टर्चर गरेपछि सहन नसकेपछि ति महिला अधिकारकर्मीले बुधबार जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिन जांदा पुनः त्यही बखत जयन्तले फोन गरेपछि प्रहरीको सुझाव बमोजिम उनलाई निजगढ बोलाएर एक होटलबाट गिरफ्तार गरिएको थियो । जयन्त गिरफ्तारीमा पर्ना साथ उपमेयरका चालक गाडी सहित त्यहाँबाट फरार भएका थिए ।

https://ankushdaily.com/