वीरगंज, ३० फागुन ।
ठोरी गाउँपालिका वडा नं. २ गौतम नगरमा रहेको ठोरी आँखा उपचार केन्द्रको नवनिर्मित भवनको बिहिबार डा. मार्टिनले स्पेन्सरले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. मार्टिनले यस आँखा उपचार केन्द्रलाई नेपालकै आँखा अस्पतालहरुको केन्द्रको रुपमा विकास गरिने सेवा क्यानडा, सेवा फाउण्डेशन क्यानडाका बोर्ड मेम्बर तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. मार्टिन स्पेन्सरले बताएका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरीको आँखा उपचार केन्द्र देशकै नमुना आँखा उपचार केन्द्रको रुपमा विकास हुने बाटोमा अघि बढिरहेकोले ठोरी गाउँपालिकाले आवश्यक सहयोग गरी थप सेवा प्रदान गर्न सक्षम बन्ने बिश्वास व्यक्त गरेका थिए । ४ वर्षदेखि ठोरी २ गौतमनगरमा रहेको सरस्वती माविको भवन भाडामा लिएर आँखा अस्पताल सञ्चालन भईरहेको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघका कोषध्यक्ष चीजकुमार मास्के, ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवर, २ का वडाध्यक्ष किशोर तामाङ, ३ का वडाध्यक्ष सुर्य लामा, नेपाली काँग्रेसका पर्सा जिल्ला सदस्य राम बहादुर श्रेष्ठ, सरस्वती मावि गौतमनगरका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, ओडार माविका प्रधानाध्यापक भुपाल जोशी, ठोरीका वरिष्ठ पत्रकार प्रेम लामा लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।