सिमरा मालपोतमा अख्तियारको छापा

17

सिमरा, ३० फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले सीमरा मालपोत कार्यालयमा छापा मारेको छ । मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले किर्ते कागज बनाएर जग्गा बेचविखन गर्ने गिरोहसंग सांठगांठ गरेर अनियमितता गरेको थाहापाएपछि जिल्ला प्रशासन कार्यालय बाराले अख्तियारलाई एक पत्र लेखि छानबिन गर्न आग्रह गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको संयोजकत्वमा शाखा अधिकृत, प्रहरी निरीक्षक गरी ३ जनाको टोलीले बिहिवार सिमरा मालपोत कार्यलयमा छापा मारी आवश्यक कागजातहरु जफत गरेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय बाराले लेखेको पत्रको आधारमा अख्तियारको केन्द्रिय टोलीले अनुसन्धान शुरु गरेको हो ।
सिमरा मालपोत कार्यलयका प्रमुख मदन गुप्ताले नागरिकता देखि लिएर सम्पूर्ण कागजपत्र किर्ते बनाएर जग्गा वेचविखन गर्ने गिरोहसँग मिलेर काम गरिरहेको, एउटा स्थानिय तहको जग्गा अर्को स्थानिय तहलाई बिक्री गरेको, सरकारले जग्गाको कित्ताकाटँ फुकुवा गरिसकेको अवस्थामा गलत मनसायले काम गरेको लगायतका उजुरीका आधारमा अनुसन्धान शुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।

https://ankushdaily.com/