तस्करहरु गिरफ्तार

8

संतोष रन्जितकार
वीरगञ्ज, १ चैत ।
प्रहरीले वीरगञ्जबाट लागूऔषध कारोबार र भन्सार छलीको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सीरा· गाउँपालिका–४ बस्ने भिम बहादुर थि·को छोरा २५ वर्षीय प्रदीप लामा र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने ३० वर्षीय मुकेश राम रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकस्थित सडकखण्डमा चेकजाँचको क्रममा भारतीय सीमावर्ती शहर रक्सौलबाट ना २८ प ५४०३ नम्बरको स्कुटरमा वीरगञ्जतर्फ आउँदै गरेका लामालाई प्रहरीले लागूऔषध सहित नियन्त्रणमा लिएको थियो । उनको स्कुटरको डिक्कीबाट लागूऔषध अनरेक्स ६४ बोतल फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागूऔषध अनरेक्स, स्कुटर र लामालाई नियन्त्रणमा लिएर लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगंज –२ छपकैया बस्ने मुकेश रामलाई पक्राउ गरेको छ । पक्राउ परेका मुकेशले अवैध रुपमा भन्सार छली गरी लोकल पापड २२५ किलो, ग्यास पाईप ४ रोल र साईकल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।