दुर्घटना न्युनिकरणका लागि अन्तरक्रिया

16

वीरगंज, १ चैत्त ।
बाराको पथलैया स्थित प्रदेश ट्राफिक फ्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यत्रमको आयोजना गरेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा परिचालकका लागि ड्रेसकोड लागू गर्ने, बारा पर्साका मुख्य सडकमा स्मार्ट आइल्यान्ड निर्माण तथा बस बिसौनी निर्माण, ओभरलोड नियन्त्रण लगायतका बिषयमा छलफल गरिएको थियो ।
प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालको अध्यक्षता तथा प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहको सहजीकरणमा सम्फन्न अन्तरक्रिया कार्यत्रममा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भट्टराई, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष सन्जय साह, वीरगंज भन्सारका प्रमुख गोपाल खत्री, सुख्खा बन्दरगाह भन्सार वीरगंजका प्रमुख उमेश श्रेष्ठ, वीरगंज पथलैया ब्यापारीक मार्ग बिस्तार आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।