प्रतिबन्द लगाउने निर्णय सही छ ः मुख्यमन्त्री गुरुङ

20

गोरखा, १ चैत (रासस) ः
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको बताउनुभयो ।
मुलुक अराजकतातर्फ धकेलिन नपाउँदै, उहाँहरुको गतिविधि झ्या·िन नपाउँदै नियन्त्रणमा लिन खोजिएको हो, मुख्यमन्त्री भन्नुभयो, शुरुमै नियन्त्रण गरियो भनेमात्र मुलुकमा क्षति हुन पाउँदैन ।
मुख्यमन्त्री गुरुङले मुलुकको आन्तरिक सुरक्षाको नीतिचाँहि केन्द्र सरकारले नै गर्ने बताउनुभयो । ँप्रदेशभित्रको शान्ति सुरक्षाको व्यवस्था प्रदेश सरकारले गर्छ, उहाँले भन्नुभयो, गण्डकी प्रदेशभित्रका जनप्रतिनिधिको सुरक्षा हामी गर्छौं, हामीलाई आफ्नो प्रहरी, आफ्नो प्रशासन चाहिएको छ ।