बालिका बलात्कृत

17

वीरगंज, १ चैत्त ।
बीरगंजमा एक ९ बर्षिया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट बस्ने ९ वर्षीया बालिकालाई बहुदरामाई नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय राजन साह तुराहाले जबरजस्ती करणी गरेका हुन् । बुधबार दिउँसो कोठाबाट आफू समान किन्न बजार गएको बेला घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई किनिदिने प्रलोभन देखाएर ललाई फकाई सोहि घरमा डेरा गरी बस्ने तुराहाले आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी आनन्द राम शर्माले जानकारी दिनुभयो ।