मोटरसाईकल दुर्घटनामा परी गुरुङ्को मृत्यु

14

संतोष रन्जितकार
वीरगंज, १ चैत्र ।
वीरगंजको विन्दवासिनीमा ट्रयाक्टरको पांग्रा फुत्किंदा एकको मृत्यु भएको छ । वीरगंजबाट पोखरिया तर्फ जादै गरेको ना ३ त ३६९३ नम्बरको ट्रयाक्टरको टायर उछिट्टएिर विपरीत दिशाबाट आउदै गरेको ना १ ब २६२६ नम्बरको मोटरसाइकमा लाग्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दीपेन्द्र गुरुङ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते गुरुङको वीरगंज स्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा गएराति १ बजे गुरुङको निधन भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृत्यु हुने दीपेन्द्र गुरुङ सखुवाप्रसौनी गाउँपालिकाका ओभसियर समेत हुन् ।
करार सेवामा गाउँपालिकामा कार्यरत गुरुङ कार्यालयको काम सकेर वीरगंज आउने क्रममा ट्रयाक्टरको पा·्रा फुत्किएर उनलाई ठक्कर दिएको थियो । ट्रयाक्टर चालक फरार रहेका छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए ।