सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा चल्ला बरामद

58

संतोष रन्जितकार
वीरगंज, १ चैत्र ।
वीरगंज भन्सार मुल गेट स्थित रहेको सशस्त्र प्रहरी बल गुल्मले ठूलो परिमाणमा कुखराको चल्लाहरु बरामद गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १९, केहुनियाबाट मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल तर्फ आउदै गरेको ५१ कार्टुन (५ हजार गोटा) बोईलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी सहायक निरिक्षक लक्ष्मण प्रसाद यादवको कमाण्डमा खटेको गाडी मोबाइल डिउटी टोलीले शुक्रबार विहान ७ बजेको समयमा सो परिमाणको कुखुरा चल्ला बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी गुल्मका अनुसार बि आर ५ं एल ५५३० र बि आर २२ जे ०९१९ नम्बरको भारतिय मोटरसाइकलमा ल्याउदै गरेको चल्लाहरु सोही स्थानमा छोडी मानिस भागेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

बरामद भएको चल्लाको मुल्य रु २ लाख ५० हजार र मोटरसाइकलको रु ३ लाख गरी जम्मा ५ लाख रहेको प्रहरीले जनाएको छ । बरामद भएको कुखुराको चल्ला खाल्डो खनी आजै नष्ट समेत गरिएको थियो ।

https://ankushdaily.com/