नेपाली कांग्रेस पर्साको होली मिलन समारोह सम्पन्न

7

वीरगंज, २ चैत्र ।
पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा शनिबार नेपाली कांग्रेसको होली मिलन समारोह सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल रहेका थिए ।
नेपाली कांग्रेसको क्षेत्रिय सभापति रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, अजय चौरसिया, नेता जनार्दन सिंह क्षेत्री, अनिल रुंगटा, धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेश पटेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता पटेल, नेता बृहस्पति श्रेष्ठ, राजिन्द्र कुर्मी, नवीन सिंह, श्रीकान्त यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा पार्टी प्रवेश कार्यक्रमको समेत अयोजना गरिएको थियो । प्रवेश गर्नेमा नेकपा परित्याग गरी मनोज पटेल, राजपा परित्याग गरी शशीभुषण पाण्डे, रबिकान्त गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई कार्यक्रमको प्रमुख अतिथि र अतिथिहरुले अबिरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।