पाल्पा, २ चैत (रासस) ः
नेपाली का·्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यबाट पछाडि परेको आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुश्लिम, दुर्गमका क्षेत्रको पार्टीमा प्रतिनिधित्व गराइने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय मगर संघको पाल्पाको तानसेनमा ५ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले मगर समुदायलाई पार्टीले मूलधारमा ल्याउने गरी नीति बनाएको बताउनुभयो । मगर जाति कला र संस्कृतिका धनी भएकाले उनीहरुको मौलिकताको संरक्षणमा राज्यले ध्यान दिन नसकेको उहाँको भनाइ छ । उहाँले नेपाली का·्रेसलाई अनुशासित पार्टी बनाउन आफू लागेको बताउँदै जनतासँग भिजेर काम गरेमा आगामी निर्वाचनमा का·्रेसको जित सुनिश्चित छ भन्नुभयो । सभापति देउवाले तत्कालीन एमाले र माओवादी मिलेका कारण गत निर्वाचनमा का·्रेसले पराजय भोग्नु परेको भएपनि आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी हुने जिकिर गर्नुभयो ।
उहाँले सरकारले वार्ताको पहल गरी विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । देशमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको र सरकारले बलात्कारी र हत्यारालाई संरक्षण गरेको उहाँको आरोप थियो ।
सो अवसरमा नेपाली का·्रसका सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेताहरु देवेन्द्र कँडेल, हरि नेपाल, दीपक गिरी, भीष्मराज आङदम्बेले पार्टीलाई बलियो बनाउन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।