संतोष रन्जितकार
वीरगंज, २ चैक्र ।
होलीको आगमनसँगै होली मिलन समारोह लगायतका कार्यत्रम आयोजना गर्ने क्रम बढेको छ । यसैबीच शनिबार वीरगंजको गणेशमान चोकमा वीरगंज युवा समाजले होली मिलन समारोह आयोजना गरेको छ । समाजका अध्यक्ष कमल चौगाइको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी रहेका थिए भने कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्साका प्रहरी उपिरक्षक रेवति ढकाल, पर्साका सशस्त्रका एसपी प्रेमध्वज शाह, वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा प्रहरी कायार्लय विर्ताका प्रमुख निशान थापा, बिपिसी कलेजका निर्देशक डा. दिपक शाक्य, पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछाने, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना आदान प्रदानसँगै मनोरञ्जनात्मक एवम् सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यकमको सहजिकरण सचिव हेमन्त तामांग र सह सचिव विवेक कर्णले गरेका थिए ।