संघीय समाजवादी फोरमको बैठक सम्पन्न, नियमसंगत बैठक नभएको भनी विरोध

18

वीरगंज, २ चैत्र ।
संघिय समाजवादी फोरम नेपालको शनिबार बसेको जिल्ला कार्य समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ । संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम् सांसद प्रदिप यादवको अध्यक्षतामा बसेको जिल्ला कार्य समितीको बैठकले यही चैत्र १५ गते सम्ममा वडा, गाउँपालिका, नगर तथा महानगरको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न कमिटीहरु गठन गरेको हो ।
वडा अधिवेशनका लागी जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी गाउपालीका, नगर तथा महानगरको अधिवेशनका लागी जिल्ला कार्य समितीको बैठकबाट निर्णय गरिने सांसद यादवले जानकारी दिनु भयो । पार्टीलाई एक ढिक्का बनाएर लैजान अहिलेको आवश्यक्ता रहेको बताउदै सांसद यादवले सबैलाई एकजुट हुन आग्रह समेत गर्नु भएको थियो । बैठकमा जिल्ला समन्वय समितीका अध्यक्ष नेक महमद अंसारी, जिल्ला सचिव नागेन्द्र यादव, नेता रामनरेश यादव, पकाहामैनपुर गाउँपालिका स्तरीय कमिटीका संयोजक शिवजी सोनी, जिल्ला सदस्य तबरेज अहमद लगायत जिल्ला कमिटीका ९३ जना सदस्यहरुको सहभागीता रहेको संघीय समाजवादी फोरम पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले जानकारी दिनु भयो ।
त्यसैगरी सांसद प्रदिप यादवको अध्यक्षतामा बसेको बैठकले कुनै पदाधिकारी, प्रदेश सदस्य, प्रदेश सांसद, संघीय सांसदहरु जिल्लामा उपस्थित भएतापनि नबोलाएको भनी संघीय समाजवादी फोरम पर्साका वरिष्ठ उपाध्यक्ष एवं विद्यायक मन्जुर अंसारी र सह सचिव मुकेश द्विवेदीले विरोध जनाएका छन् ।