होलीको अवसरमा पर्सा प्रहरी र व्यवस्थित वीरगंज बीच फुटबल प्रतियोगिता

29

संतोष रन्जितकार
वीरगञ्ज, २ चैत ।
पर्सा प्रहरी र ब्यवस्थित वीरगंज अभियान एवं ग्रीन सिटी आदर्शनगर बीच शनिबार मैत्री पूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत होलीको अवसरमा भएको मैत्री पूर्ण फुटबल प्रतियोगितामा पर्सा प्रहरी विजयी भएको छ ।


पर्सा प्रहरी खेलको २०, २२, ३२, ४२ मिनेटमा प्रहरी निरीक्षक आशीष अधिकारीले ४ गोल प्रहरीको तर्फबाट, प्रहरी नायब उपरिक्षक मानबहादुर राईले २५ मिनेटमा १ गोल, प्रहरी निरीक्षक राजेश दत्तले १ गोल प्रहरी जवान संदीपले १ गोल गरि ७ गोल गरेका थिए भने ब्यवस्थित वीरगंज टीमको तर्फ बाट पेनाल्टी सूटमा अजित राईले १ गोल गरेका थिए र पर्सा प्रहरीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा ७–१ को अन्तरले बिजयी हासिल गरेका थिए ।
यता ब्यवस्थित वीरगंजका तर्फबाट रेवती ढकालको नेतृत्वमा र उपकप्तान दिलीप राज कार्कीको नेतृत्वमा खेलेको टीमले २१ औ मिनेटमा पेनाल्टीद्वारा अजित राईले एक गोल फरकाएका थिए ।
खेल होलीको उपलक्ष्यमा सभ्य र मर्यादित होली खेल्ने उद्देश्यले सम्पन्न भएको र उक्त खेलमा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत बिनोद बस्नेत, ब्यवस्थित वीरगंज अभियानका संयोजक कार्की, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वडा अध्यक्ष जगत साह कानू, राजकिशोर गुप्ता, वडा सदस्य जितेन्द्र सिंह, प्रहरी निरिक्षक चक्रबहादुर मल्ल, निशान थापा, डा. महेश सिंह धामी, ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतान, मुकेश खेतानको उपस्थितिमा संबै खेलाडीलाई मेडल र अबीर लगाई शुभकामना ब्यक्त गरेका थिए ।