संतोष रन्जितकार
वीरगंज, ३ चैत्र ।
बेरोजगार युवा पुरुष महिलाहरु लक्षित बर्गका समुदायहरुको लागी परवानीपुर गाउपालिकाको सहजीकरणमा र यू.डी. वाइ–सेफ कम्प्यूटर एजूकेशनको आयोजनामा ३९० घण्टे कम्प्यूटर हार्डबेयर टेक्निसियन तालिम र लोक सेवा कक्षा तालिम कार्यक्रम आइतबार एक समारोहका बिच समुदायिक स्कूल भोजभगत माबिमा द्विप प्रज्वलित गरि उदघाटन गरियो । ऊक्त कार्यत्रमका प्रमूख अतिथी परवानीपुर गापाका प्रशासकीय अधिकृत हरिओम प्रसाद, विशिष्ट अतिथी भोजभगत माबि स्कूलका प्राध्यापक चन्द्रदेव महतो, स्कुल ब्यबस्थापक समितीका ललन साह रौनियार, वडा नं. ३ का वडा अध्यक्ष अनिल राम, आइ टि प्रमूख रामकुमार सोनल अतिथी वडाका न.स. पन्नालाल साह, आमोद यादव, प्रशिक्षक उद्धब गुप्ता, बिजय यादव, नितेश राम, अभिजित चौधरी लगायत ६० जनाको उपस्थिती रहेको थियो । आयोजक संस्थाका अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा सो कार्यक्रमको समुदघाटन सम्पन्न भएको थियो । सिप छ, भन्ने रोजगारी निश्चित हुन्छ तसर्थ सिप सिर्जना भए मात्र रोजगारको अवसर पाउने कुरामा प्रशासकीय अधिकृत हरिओम प्रसादले सहभागीलाइ इमन्दारी साथ तालिम लिन आग्रह गर्नुभएको थियो ।