छपकैया बासीद्वारा मेयर सरावगीलाई सम्मान

11

संतोष रन्जितकार
वीरगन्ज, ३ चैत्र ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई छपकैयाका स्थानीय वासीन्दाहरुले सम्मानित गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाबाट सयौको संख्यामा महानगरपालिकाको कार्यालय पुगेका स्थानियले नगर प्रमुख सरावगीलाई धन्यवाद व्यक्त गर्दै माला लगाएर सम्मान गरेका हुन् ।
छपकैया पोखरी बचाऔ सघर्ष समितिका अध्यक्ष जफ्फर अंसारीको नेतृत्वमा पुर्व वडा अध्यक्ष शेख नैमुदिन मिया, राजदेव बरइ र शेख लालमहमद लगायत महिला तथा पुरुषहरुको टोलीले वीरगन्जको छपकैयामा रहेको सार्वजनिक पोखरीको जग्गालाइ बचाउन महानगरपालिकाले अगाडि बढाएको कार्यवाही प्रति धन्यवाद व्यक्त गर्दै वडा वासीले नगर प्रमुखलाई सम्मान गरेका हुन ।
स्थानिय प्रमोद विक्रम शाहले किर्ते कागज खडागरी गोश्वारा नापीबाट आफ्नो नाउंमा उक्त जग्गा दर्ता गराए पनि नेपालको सविधानको धारा २१८ तथा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ बमोजिम पोखरीलाई पुनः सार्वजनिक गराउन सम्बन्धित मन्त्रालयहरुमा गरिएको पत्राचार लगायतका विभिन्न कार्यवाही प्रति महानगरपालिकालाई छफकैया वासीले एक कार्यक्रम गरी धन्यवाद व्यत्त गरेका हुन ।
स्थानियहरुले गरेको सम्मान प्रति नगरप्रमुख सरावगीले धन्यवाद व्यक्त गर्दै आफु महानगरको विकास र धरोहरहरुको सधैं रक्षा गर्ने प्रतिवद्ध व्यक्त गरे । उहाले वीरगन्ज छपकैया पोखरी सार्वजनिक जग्गा भएको र त्यसलाई जोगाउनु महानगरपालिकाको कर्तव्य भएको बताउदै आवश्यक सबै कार्यवाहीहरु अगाडि बढाइएको बताउनु भयो ।