फोरमको वडा अधिवेशन सम्पन्न

10

वीरगंज, ३ चैत्र ।
वीरगंज महानगरपालीका वडा नम्बर २२ मनियारमा आयोजित संघिय समाजवादी फोरम नेपालको वडा कमिटी गठन अधिवेशन र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटी गठन गर्न आयोजना गरिएको अधिवेशन कार्यक्रममा नेपाली काँग्रेसका पुर्व बुथ सभापति प्रभु यादव लगायत सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले फुलमाला र अबिरको टीका लगाई पार्टी प्रवेश गराएका थिए । अधिवेशनबाट वडा नम्बर २२ मनियारीमा प्रमोद यादवको अध्यक्षतामा २१ सदसीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विनोद पटेल, सचिवमा नरेश यादव, सह सचिवमा सुनिल साह, कोषाध्यक्षमा समिर आलम लगायत २१ जना रहेका छन । त्यसैगरी अधिवेशनबाट हरिन्द्र यादवको अध्यक्षतामा १३ सदस्यीय युवाहरुको ईकाइ कमिटी समेत गठन गरिएको थियो । नवगठित कमिटिको उपाध्यक्षमा सन्देश यादव, सचिवमा अशोक यादव, सह सचिवमा उमर आलम, कोषाध्यक्षमा प्रदिप यादव (सानो) लगायत १३ सदस्यीय कमिटी गठन गरिएको हो ।

नव गठित कमिटीका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अथिती सांसद प्रदिप यादवले फुलमाला अबिर लगाई स्वागत तथा बधाई दिएका थिए । सांसद यादवले पार्टीको हितमा काम गर्न तथा पार्टी प्रति एक्यबद्ध भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । सांसद यादवले पार्टीका हरेक तहका सिपाहीहरुले पर्साका नगर, महानगर तथा गाउमा हुने सबै प्रकारका विकाश निर्माणका कार्यमा सहयोग गर्न निर्देशन समेत दिनु भयो । अधिवेशन कार्यक्रममा विशिष्ट अतिथी क्षेत्रिय अध्यक्ष बासु यादव, अधिवेशन पर्यवेक्षक तथा जिल्ला कमिटी सदस्य ओम प्रकाश साह कानु, अधिवेशन वडा अध्यक्ष तथा पार्टीका नेता ग्यासुद्दीन मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।