आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा जनतालाई जडिबुटी परिचयात्मक कार्यक्रम सम्पन्न

26

संतोष रन्जितकार
वीरगंज, ४ चैत्र ।
वीरगंज महानगरपालिका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वीरगंजद्वारा आयोजित स्थानीय जनताहरुलाइ जडिबुटी परिचयात्मक कार्यक्रम सोमबार भिस्वा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । महानगरपालिका अन्तर्गतका २४ जना सहभागीहरु रहेका कार्यक्रमको अध्यक्षता सोही कार्यालयका कार्यालय प्रमुख डा रमेश मिश्रले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि महानगरपालिकामा स्वास्थ्य शाखाका प्रमुख अरुण महतो रहनुभएको थियो भने बिशिस्ठ अतिथि प्रदेश नम्बर २ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य शाखामा कार्यरत डा. सुचित कु. शर्मा रहनु भएको थियो ।
स्थानीय स्तरमा उपलब्ध जडिबुटीको संरक्षण, सम्बर्द्धन र उपयोगिताका साथ शारीरिक र आर्थिक रुपले महत्त्वपूर्ण रहेकोमा स्थानीय स्वास्थ्य स्वयं सेविकाहरु, कृषक समुह र वन उपभोक्ता समितिका सदस्यहरु सहभागी रहेको कार्यक्रममा जडिबुटीहरुको खेती र उपयोग प्रति सकारात्मक सोचको बिकास भएको सहभागीहरुले बताएका थिए । कार्यक्रमको स्वागत मन्तब्य सोही कार्यालयका कबिराज रामनारायण प्रसादले गर्नुभएको थियो भने डा सुचित कु. शर्मा, डा. रमेश मिश्र र डा प्रशन्न तिवारीले कक्षा संचालन गराउनु भएको थियो ।