जी.पी. कोइरालाको ९ औं स्मृति दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न

32

संतोष रन्जितकार
वीरगंज, ४ चैत्र ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका महा नायक पूर्व प्रधानमंत्री एवं नेपाली कंग्रेसका पूर्व सभापति श्रद्धेय गिरिजा प्रसाद कोईरलाको ९ औ स्मृति दिवसको अवसरमा जी. पी कोईराला फाउंडेशन फर्साद्वारा सोमबार निःशूल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रमको आयोजना गरेको छ ।

कार्यत्रमका प्रमुख अतिथि नेपाली कंग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले गिरिजा प्रसाद कोईरालाको फोटोमा माल्यार्पण गरी पनासमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन ।

चेकजाँच कार्यक्रममा विशिष्ठ अतिथि राम नारायण कुर्मी, युवा नेता रामरूप कुर्मी, अतिथि गणमा पर्सा गढी नगरपालिकाका नगरप्रमुख लोक नारायण प्रसाद यादव, वडा नम्बर २७ का नेपाली कांग्रेसका बूथ सभापति बीरेन्द्र कुमार कर्ण, निर्वाचित वडा सदस्य संदीप कुमार साह, उदयपुर घूर्मी स्वास्थ्य चौंकीका प्रमुख गणेश प्रसाद कुर्मी, माट्रिका आँखा अस्पतालका डा. महेश सिंह धामी होस्पिटलकै नम्रता क्षेत्री, प्रेस युनियन पर्साका कोषाध्यक्ष इरफान अली, फाउँडेशनका उपाध्यक्ष जयमंगल कापर, सचिव सरोज चौरसिया, सह–सचिव मिंटू देवी सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य धीरज गुप्ता, जितेन्द्र सिंह, दिलीपराज कार्कि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

फाउंडेशनद्वारा नेपाली कांग्रेसमा योगदान पूर्‍याउने हारि राउत अहिर, गोरख महतो, सादिक मियाँ अंसारी, भए राउत अहिर, नगीना सिंह, रामअयोग्य महतोलाई केन्द्रीय सदस्य चौरसियाले दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा ६४२ जनाको चेकजाँच गरिएको थियो भने १०३ जनामा मोतियाबिंदु समेत फेला परेको माट्रिका आई फाउन्डेशनका डा. महेश सिंह धामीले बताए । सो कार्यक्रमको अध्यक्षता फाउँडेसनका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गरेका थिए ।