मेयरद्वारा कस्मेटिक पसल उद्घाटन

264

मनोज साह
जितपुर बारा, ४ चैत्त ।
बाराको व्यापारीक नगरी जितपुरमा रहेको जितपुर सिटी मार्केटमा जेनिश गिफ्ट एण्ड कस्मेटिक पसल सञ्चालनमा आएको छ । जितपुर–सिमरा उपमहानगरपालिका मेयर डा. कृष्ण पौडेल तथा उपमेयर सरस्वती चौधरीले संयुक्त रुपमा सो कस्मेटिक पसलको उद्घाटन गर्नु भएको हो । उक्त पसलमा सस्तो तथा शुलभ दरमा गुणस्तरीय गिफ्ट तथा कस्मेटिक सामानहरु पाइने पसलका सञ्चालक मनोज कुमार साहले बताउनुभयो । सोमबार सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहनगरपालिका वडा ६ का अध्यक्ष क्यामुदिन अंसारी, जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय साह, जितपुर पुर्व गबिस अध्यक्ष देवनारायण चौधरी, गढिमाई सझेदारी वन समिति पथलैयाका अध्यक्ष गणेस प्रसाद साह, युवा नेता सुनिल गुप्ता, समाजसेवी अफताब आलम, हेल्प युवा क्लबका अध्यक्ष फैयाजुल अंसारी, राइज पुर्ण स्थापना केन्द्र संस्थाका अध्यक्ष इरसाद खान, शान्ति युवा विकास मञ्चका अध्यक्ष दिपक गुप्ता, गुरु कृपा यातायात प्रा. लि. का अध्यक्ष अमित बर्मा, सशस्त्र वेश क्याम्प जितपुरका सशस्त्र प्रहरी निरिक्षक राम बहादुर बस्नेत, ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी प्रमुख सागर राणा, अन्नपुर्ण पोष्टका प्रतिनिधि दिवाकार भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नेलिसा वर्माले गर्नु भएको थियो ।

https://ankushdaily.com/