सरकारी सवारी साधनको दुरुपयोग प्रति नेपाल तरुण दल पर्साद्वारा प्रजिअलाई ज्ञापन

26

संतोष रन्जितकार
वीरगंज, ४ चैत्र ।
पर्सा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको सवारी साधनहरुको दुरुपयोग बढ्दै गएको तथा सरकारी सवारी साधन सरकारी प्रयोजनको भन्दा ब्यक्तिगत प्रयोजनको लागि बढी उपयोग भइ नेपाल सरकारको सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भइरहेको प्रती नेपाल तरुण दल पर्साको गम्भीर ध्यानाकर्षण भइ सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
तरुण दल पर्साले सरकारी नम्बर प्लेटको गाडी कुन कार्यालय वा पालिका को हो स्पष्ट पहिचान हुने गरि ब्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
जिल्ला सचिव बिबेक कुमार चौरसियाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाल सरकारको सार्बजनिक सम्पत्तिको दुरुपयोग रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक एवं ब्यवस्थित कदम न उठाए नेपाल तरुण दल पर्सा सरकारी सवारी साधनको दुरुपयोग रोक्न आवश्यक पर्ने सबै खाले कदम चाल्न पछि नहट्ने ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएको छ ।
नेपाल तरुण दल पर्साका उपाध्यक्ष आनन्द चौधरी, क्षेत्रीय अध्यक्षहरु अनिल यादव, सुरेन्द्र सिंह, फनिन्द्र पटेल, सदस्यहरु मिकु सिंह, उपनेस चौरसिया, इमरान आलम, रियाज हुसेन लगायतको उपस्थिति रहेको थियो ।