सिके राउतको गठबन्धको नाम फेरियो

2

लहान, ४ चैत (रासस) ः सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक बसेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठकले पार्टीको नाम ॅजनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
सिरहाको लहानमा दुई दिनसम्म चलेको पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ॅस्वतन्क्र मधेश गठबन्धन’का नाममा सत्रिय थियो ।
बैठकपछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पार्टीका अध्यक्ष सिके राउतलाई चयन गरेको उल्लेख छ । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ । पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रिपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै चुनाव चिहृनमा ॅअष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ ।
बैठकले सरकारसँग भएको सहमतिअनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति गठनसमेत गरेको छ ।
पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संवैधानिक रुपमा जनताको समस्या, माग हकहित र अधिकारका लागि अनवरत रुपमा समर्पित र निःस्वार्थ रुपमा संघर्ष गर्ने प्रतिबद्धता बैठकमा जाहेर भएको विज्ञप्तिमा उल्लेख छ । दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सिके राउत मूलधारको राजनीतिमा आउनुभएको थियो ।