संतोष रन्जितकार
वीरगन्ज, ५ चैत ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवसको अवसरमा मंगलबार दोस्रो दिन पनि आँखा शिविरको आयोजना गरिएको छ । स्व. गिरिजा प्रसाद कोईरालाको सम्झनामा जी पी कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको वडा नम्बर २६ र २७ सुगौली र उदयपुर घुर्मीमा आँखा शिविर सम्पन्न गरेको हो ।
दुई दिनसम्म चलेको शिविरमा १००० जनाको उपचार भएको माट्रीका आइ फाउण्डेशनका चिकित्सक महेश सिंह धामीले जनाएका थिए । जसमध्ये २२५ जनालाई मोतिबिन्दु भएको, ७० जनालाई निःशुल्क चश्मा तथा ६०० जनालाई निःशुल्क औषधी माट्रिका आई फाउण्डेशनले उपलब्ध गराएको डा. धामीले बताए ।
शिविरका प्रमुख अतिथि अजय कुमार द्विवेदी रहेका थिए भने विशिष्ठ अतिथि प्रदेश सांसद ओम प्रकाश शर्मा, रामरुप कुर्मी, राम नरायण कुर्मी अतिथिमा वडा नम्बर २६ सुगौलीका वडाध्यक्ष शम्भु मिश्रा, राजपाका महामन्त्री नेजामुदिन समानी, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेपाली कांग्रेस पर्सा वडा नं ३ का बुथ सभापति शेख नेजामुदिन, युवा नेता खुर्रम आलम, जी पी कोईराला फाउण्डेशन पर्साका जिल्ला उपाध्यक्ष जयमंगल कापर, माट्रीका आइ फाउण्डेशनका नम्रता क्षेत्री, प्रेस युनियन पर्साका कोषध्यक्ष इरफान अलि, नेविसंघ पर्साका अध्यक्ष विश्वास द्विवेदी, फाउण्डेशनको सह सचिव मिंटुदेवि सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य धिरज कुमार गुप्ता, दिलिपराज कार्की लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
फाउण्डेशनले नेपाली कांग्रेसमा योगदान पूर्याउने १२ जनालाई केन्द्रिय सदस्य अजय चौरसिया तथा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले होरि राउत अहिर, गोरख महतो, सादिक मियाँ अंसारी, भए राउत अहिर, नगीना सिंह, रामअयोग्य महतो, डा अबुल कलाम, केशव राउत कुर्मी, गुल मोहम्मद अंसारी, रामअयोग्या मिश्र, हरिदेव राउत कुर्मी र जयराम मुखियालाई दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गरेका थिए ।