संघीय समाजवादी फोरमद्वारा पत्रकार सम्मेलन

4

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
संघीय समाजवादी पार्टीको जिल्लामा भइरहेको बिवादमा सबैभन्दा ठुलो हात प्रदेश समितीको रहेको आरोप माननिय मन्जुर अन्सारीले लगाउनु भएको छ ।
बैशाखमा हुने भनिएको अधिवेशन सो भन्दा अगाडि नै जिल्लाका विभिन्न गापा, नपा, मनपा का वडाहरुमा कसैलाई थाहा नदिई, नबोलाई केही दिन देखि पार्टी भित्र मनोपोली रुपमा अलोकतान्त्रिक, अबैधानिक तरिकाले जिल्ला भरिका पालिकाहरुमा कमिटी गठन गर्न प्रतिनिधि खटाईएको र त्यसको बिरोध स्वरुप ३ गते मन्जुर अन्सारीको अध्यक्षतामा केन्द्रिय सदस्य, प्रदेश सदस्य, प्रदेश सांसद तथा जिल्ला पदाधिकारीहरुको बैठकबाट अस्वीकृत गर्दै सचेत गराउँदा समेत नमानेकोले जबर्जस्ती कमिति गठन गरेको प्रति हाम्रो घोर आपत्ती तथा घोर भत्सर्ना गर्दै सोको जानकारी गराउनको लागि मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको बताए ।


पत्रकार सम्मेलनमा फोरमका शशिकपुर मिया, पुरुषोतम झा, लक्ष्मीकान्त तिवारी, पुस्पा पाण्डे, नन्दलाल राम, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, जिल्ला अध्यक्ष श्याम बन्जरा लगायतको उपस्थिति रहेको थियो ।