होलीलाई सुरक्षित सभ्य र भव्य तरिकाले मनाउनु पर्छ ः सांसद यादव

27

संतोष रन्जितकार
वीरगंज, ५ चैत्र ।
संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले होली पर्वलाई सुरक्षीत तथा सभ्य र भव्य तरिकाले मनाउन पर्साबासीलाई आग्रह गर्नु भएको छ ।


सामुदायीक प्रहरी सेवा केन्द्र कुम्हाल टोल र वडा समिती कार्यालय वडा नम्बर ५ द्वारा आयोजीत होली पर्व तथा फागु पुर्णिमाको पावन अवसरमा सम्पुर्ण वडा तथा नगरबासीहरुमा शुख शान्ती र समृद्धीको साथ–साथै होली पर्वलाई सुरक्षित तथा मर्यादीत तरिकाले मनाउनको लागी निकालिएको जनचेतनामूलक र्‍याली पछि आयोजीत सभालाई सम्बोधन गर्दै सांसद यादवले रंगहरुको पर्वको रुपमा रहेको होलीको शुभ अवसरमा पर्सा बासीलाई शुभकामना दिदै सबैमा एकता र मेलमिलाप गरी होलीलाई सभ्य बनाउनका लागी मर्यादीत तरिकाले होली पर्व मनाउन आग्रह गर्नु भयो ।
होली पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन रंग र अविर बाहेक सडकमा रहेका फोहोरहरुलाई जिउमा फाल्ने र लोला हान्ने कार्य नगर्न तथा मदिरा सेवन गरेर सवारी नचलाउन आम नगरबासीमा हार्दिक आग्रह समेत गर्नु भयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापा, समाजसेवी रमेश चौधरी लगायत विभिन्न संघसंस्था तथा स्थानीहरुको बाक्लो उपस्थीती रहेको थियो ।
त्यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी श्रीपुरको आयोजनामा होलीको उपलक्ष्यमा मंगलबार होली मिलन समारोह सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र श्रीपुरको उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्ल रहनु भएको थियो ।

सो कार्यक्रममा होलीमा जोड जबरजस्ती लोला हान्ने, रंग लगाउने जस्ता कार्य नगर्न सम्पूर्ण नगरबासीमा आग्रह गरेका थियो । होली पर्वलाई सभ्य र भव्य तरिकाले शान्तिपूर्ण वातावरणमा मनाउन समेत मल्लले अनुरोध गरेका थिए । सो कार्यक्रममा सामुदायिक प्रहरी श्रीपुरका सचिव कुल नारायण प्रधान (दिलिप प्रधान), नेकपाका हिरा गिरी, माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामी, व्यवस्थित वीरगंज अभियानका दिलिपराज कार्की, पुरुषोत्तम दुवे लगायत सामाजिक संघसंस्था, संचारकर्मी र बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।