वीरगन्ज, ६ चैत्र ।
वीरगन्जका उद्योगी श्याम कुमार तुल्स्यान पर्सा जिल्ला अदालतको आदेशबाट ४ लाख धरौटीमा रिहा भएका छन् । गत फागुन २८ गते जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा भएको छापामारीको दरम्यानको क्रममा अवैध किटनासक औषधी उद्योग संचालन गर्दै आएको फेला परेपछि उनी ९ दिनदेखि प्रहरीको नियन्त्रणमा थिए ।
मंगलबार पाँच दिने म्याद थप भएको भोलीपल्ट अर्थात बुधबार अनुसन्धान सकिएको भनी प्रहरीले पर्सा जिल्ला अदालतमा थुनछेकका लागि पठाए लगत्तै जिल्ला अदालतको आदेशबाट उनी ४ लाख धरौटीमा रिहा भएका हुन् ।