फोरम नेपालद्वारा इकाई कमिटि गठन

23

संतोष रन्जितकार
वीरगंज, ६ चैत्र ।
वीरगंजको वडा नं.१९ टोल विन्दवासिनिमा बुधबार संघिय समाजवादी फोरम नेपालले इकाइ कमिटी गठन गरेको छ ।
पार्टीका जिल्ला सदस्य तथा परिवेक्षक हिरालाल यादवको सभापतित्वमा गठन भएको उक्त एकाइ कमिटीको अध्यक्षमा अमिरिलाल यादव, उपाध्यक्षमा राधामोहन राउत कंकर, सचिवमा रामाशिस प्र.यादव, सह–सचिवमा विन्दा राय भर, कोषाध्यक्षमा नुरेसा खातुन, सदस्यहरुमा मनोज यादव, दिनेश साह कलवार, उर्मिला सिँह राजपुत, लुटन महतो, महेन्द्र राउत गरि २१ सदस्यीय कमिटि गठन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी फोरमका वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादव, विशिष्ट अतिथी चन्दन मिश्रा, परिवेक्षक उपेन्द्र राय भर रहेका नगर कमिटीको सचिवालय सदस्य अमित यादव (दिपनारायण यादव) ले जानकारी गराएका हुन् ।