बसभित्र अवैध घरेलु मदिरा बरामद

17

संतोष रन्जितकार
वीरगंज, ६ चैत्र ।
वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकमा बुधबार १० बजेको समयमा सिरहाबाट वीरगंज तर्फ आउंदै गरेको ना५ ख २३६९ नम्बरको सुमित मेट्रो नामको बसमा लुकाई छिपाई ल्याउंदै गरेको अवस्थामा अन्दाजी १५० लिटर तयारी घरेलु मदिरा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लको कमाण्डमा खटेको प्रहरीले टोलीले बरामद गरेको छ ।

तयारी घरेलु मदिरा सहित बस, बसचालक सिरहा धनगढी नगरपालिका वडा नं. ९ बस्ने देवलाल क्षेत्री योन्जनको छोरा बिजय कुमार योञ्जन र सहचालक लहान नगरपालिका वडा नं. १ बस्ने उत्तिमलाल दासको छोरा गोबिन्द कुमार दासलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरी निरक्षक मल्लले जानकारी दिए ।