बीपीसीद्वारा होली मिलन समारोह सम्पन्न

45

संतोष रन्जितकार
वीरगंज, ६ चैत्र ।
हिन्दुहरुको महान पर्व होली (फागु पूर्णिमा) को उपलक्षयमा बुधबार वीरगंज पब्लिक कलेजले एक समारोह बिच होलि मिलन तथा भेट घाट कार्यक्रमको आयोजना गरेको छ ।
होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह आयोजना गरेको बिपिसीका निर्देशक डा.दिपक शाक्यले बताउनु भयो ।


होलि मिलन कार्यक्रममा बिपिसीका क्याम्पस प्रमुख बिनय श्रेष्ठ, बिपिसी कलेजका प्रोग्राम डाईरेक्टर संकल्प शाक्य, अरबिन्द श्रेष्ठ, नेपाल पत्रकार महासघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं.२ का संयोजक राम शरार्फ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नं.२ का संयोजक निरज पिठाकोटे मगर, वान प्रदेश नं.२ का संयोजक आरसी यादव, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, नेपाली का·्रेस पर्साका सभापति अजय द्विबेदी, सुस्मा तिवारी द्विवेदी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मान बहादुर राई, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, पर्सा ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंह, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की, ब्लड डोनर्स एसोसिएसनका सचीव अरबिन्द सिंह, रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओम प्रकाश सरार्फ लगायतको सहभागिता रहेको थियो ।