होलीलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन

4

संतोष रन्जितकार
वीरगन्ज, ६ चैत ।
वीरगन्जमा होलीलाई व्यवस्थित र मर्याि्दत बनाउन पर्सा प्रहरीले सुरक्षाकर्मी परिचालित गरिने भएको छ । वीरगन्जंमा नियमित प्रहरी परिचालनसंगै होली पर्वलाई मध्य नजर गर्दै सुरक्षाका लागि वीरगन्जको धेरै जसो स्थानमा चेक पोवाइन्ट राखिने छ भने मोबाइल गाडीले गस्ती गर्ने जनाइएको छ ।
जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्ने समेत जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिने जनाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वमा अपरिचित व्यक्तिलाई जबरजस्ती लोला हान्ने, रंग दल्ने र फोहोर छ्याप्ने लगायतका अमर्याि््दत क्रियाकलाप गर्ने जोसुकैलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिक अपराधमा मुद्दा चलाउने पर्सा प्रमुख एस.पी. रेवती ढकालले जानकारी दिनुभयो ।