होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा मनाउनु पर्छ ः प्रजिअ भट्टराई

15

संतोष रन्जितकार
वीरगंज,६ चैत ।
हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदै गरेको वेल पर्सा जिल्लमा २०७५ को अन्तीम होली मिलन समाहारोको लहर आएको छ । वीरगंजमा लक्ष्मी साहित्य समाज पर्सा, राष्ट्रिय सरोकार मञ्च नारायणी र सर्व राष्ट्रिय दैनिक वीरगंजको आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अथिति पर्साका जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद भट्टराईले होली पर्व आफैमा विशिष्ट तथा ऐतिहासिक रहेको बताए । विभिन्न रङ, अबिर र आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा मनाउने गर्नुपर्छ उहाँको भनाई रहेको थियो । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ ।
यी दिनमा सरकारले सार्वजनिक विदा दिएको छ । कार्यक्रमकै विच वरिष्ठ संगीतकार गणेश परियारलाई सम्मान गरिएको थियो । संगीतकार परियारले आफनो जीवनको अमुल्य समय नेपालको सांगीतक सम्बर्धक संरक्षण एवंम विकासका लागी पुर्‍याउनु भएको योगदान अविस्मरणीय रहेकोले लक्ष्मी साहित्य समाज पर्सा, राष्ट्रिय सरोकार मञ्च नारायणी र सर्व राष्ट्रिय दैनिक वीरगंजद्वारा उच्च कदर गर्दै सम्मान गरिएको थियो ।