खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठक सम्पन्न

18

संतोष रन्जितकार
वीरगंज, १० चैत्र ।
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १ मा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठक सम्पन्न भएको छ । सो बैठक वडा नम्बर १ का वडा अध्यक्ष सगिर मियाँको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले वडा नम्बर १ मा रहेको गरिब तथा बिपन्न परिवारलाई सहुलियत दरमा चर्पी जडान गराउने, टोल टोलमा चर्पी निर्माणको लागि समिती बनाउने लगायतको निर्णयहरु गरेको छ । बैठकमा अध्यक्ष मियाँले चैत्र मसान्त भिक्र सो वडालाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा समेत गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा नरेश मुखिया, प्रजापति कुशवाहा, सुगान्धी देवी राम, वास संयोजक राजेश यादव, समाजिक बिकाश प्रमुख रामप्रवेश साह, सरसफाई अभियन्ता सुनिल सहनी, राम कुशवाहा, अन्तिमा चौरसिया लगायतको सहभागिता रहेको थियो ।