प्रजिअ भट्टराईद्वारा सिसिटिभी क्यामेराबाट एसईई परिक्षा केन्द्रको अवलोकन

11

संतोष रन्जितकार
वीरगंज, १० चैत ।
जिल्ला परीक्षा समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई वीरगञ्जको त्रिजुद्ध मावि परीक्षा केन्द्रमा पुगेर परीक्षाको सिसि क्यामेरा मार्फत अवलोकन गरेका छन् ।
परीक्षा सञ्चालन भईरहेका बेला उनी प्रजिअ एवं केन्द्राध्यक्ष हरिन्द्रप्रसादको कोठाबाट परीक्षा सञ्चालन भएका सबै कोठाका परीक्षार्थी र निरीक्षकको गतिविधिको अवलोकन गरेका थिए ।
प्रजिअ हरिन्द्रप्रसादको कोठा विद्यालयमा जडान गरिएका ६४ वटा सिसिटिभी क्यामेरा मोनिटरिङ गर्ने कन्ट्रोल रुम पनि हो । सिसिटिभी क्यामेरा मार्फत परीक्षा सञ्चालन भएका कोठाहरुको अनुगमनपछि प्रजिअ भट्टराईले प्रविधिको सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण भएको बताए ।
सीसीटिभीबाट निगरानी भईरहेको छ भनेपछि मनोवैज्ञानिक रुपमै परीक्षार्थी र निरीक्षकलाई प्रभाव पार्ने केन्द्राध्यक्ष हरिन्द्र प्रसादको बुझाइ छ । ॅसीसीटिभी क्यामेराले खिचेका दृश्यहरु एक महिनासम्म सुरक्षित रहन्छ, बदमासी भयो भने, कहाँ कसले कसरी बदमासी गरेको छ सबै रेकर्ड हुन्छ’ उनले भने ॅपरीक्षार्थीले बदमासी गरुन वा परीक्षार्थी जसले बदमासी गर्छन समातिन्छन् ।’
पर्सा जिल्लामा ८ हजार ३ सय ८९ जनाले एसइई परीक्षा दिएका छन् । नियमितर्फ ७ हजार ८ सय ५७ जना, प्राविधिकतर्फ १८२ जना र ग्रेडबृद्धि अर्थात एक्जामटेडतर्फ ३ सय ५० जनाले परीक्षा दिएका हुन् । एसइईका लागि वीरगञ्ज महानगरपालिकामा १४ र ग्रामीण क्षेत्रमा १० वटा परीक्षा केन्द्र तोकिएका छन् । २४ जना केन्द्राध्यक्ष, ४२ सहायक केन्द्राध्यक्ष र ४ सय २ जना निरीक्षक खटिएका छन् ।