लागूऔषध चरेस सहित एक पक्राउ

23

संतोष रन्जितकार
वीरगंज, १० चैत्र ।
प्रहरी चौकी इनर्वाबाट खटेको प्रहरी टोलीले आइतबार चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ स्थित ईनर्वा चौकी अगाडी सडकमा विभिन्न सवारी साधन तथा पैदल याक्रुहरुलाई चेकजाँच गर्ने त्रममा नेपालबाट भारत रक्सौलतर्फ पैदल हिडी जादै गरेको भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर वडा नं.८ बस्ने शिवनाथ साहको छोरा बर्ष ४३ को शुभ नारायण साहलाई लागु औषध चरेश ४ किलो सहित पक्राउ गरिएको थियो । पक्राउ परेको साहमाथि लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।