ग्लोबल बिजनेस कलेजको आन्तरिक परिक्षाफल प्रकाशित

4

संतोष रन्जितकार
वीरगंज, ११ चैत्र ।
वीरगंज स्थित ग्लोबल बिजनेस कलेजको आन्तरिक परिक्षाफल प्रकाशित भएको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको उपस्थितिमा परिक्षफल प्रकाशन गरेको हो । गत वर्ष स्थापित ग्लोबल कलेजले नयाँ र अलग ढंगबाट वीरगंजमा पहिलो पटक विद्यार्थीहरुको सामुहिक उपस्थितिमा कार्यक्रमको आयोजना गरि परिक्षाफल प्रकाशन गर्न सुरु गरेको छ । विद्यार्थीलाई परिक्षाफल प्रकाशन गर्ने बेला प्रेरित र आगामी दिनका लागि उत्साहित बनाउन नयाँ ढंगबाट परीक्षाफल प्रकाशन गर्न सुरु गरिएको कलेजका संचालकहरुको भनाई रहेको छ । कलेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा आयोजित कार्यक्रममा परिक्षाफल प्रकाशन फश्चात विद्यार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।


अन्तरत्रियामा विद्यार्थीहरुसंग बोल्दै प्रमुख अतिथि युवा नेता ओमप्रकाश सर्राफले विद्यार्थीहरुलाई समाज र राष्ट्र प्रति जिम्मेवार हुन् आग्रह गरेका थिए । उनले विद्यार्थीलाई शिक्षाका साथ् सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता जनाउनु पर्ने धारणा राख्दै ठिक नतिजा आउने विद्यार्थीलाई थप मिहिनेत गर्न र कमजोर नतिजा आएका विद्यार्थीहरुलाई हरेश नखाई आगामी दिनमा आउने परिक्षाका लागि अहिले देखि ध्यान दिएर पढ्न सल्लाह समेत दिएका थिए ।
भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले सबै विद्यार्थीहरुले आफु भित्र लुकेको कलालाई पहिचान गरी प्रतिवद्धताका साथ सोही दिशामा अगाडि बढ्नु पर्ने बताए । उनले कुनै विद्यार्थीले आफुलाई कमजोर नठानी कडा लगनशीलताका साथ अगाडि बढि हरेक क्षेत्रमा उत्कृष्ट गर्न सुझाव दिए । सर्राफले निजि शैक्षिक संस्थाहरुले शिक्षा भन्दा व्यापारलाई जोड दिइरहेको बेला ग्लोबल बिजनेस कलेजले शिक्षालाई आफ्नो प्रमुख उद्देश्य बनाएको प्रति खुशी व्यक्त गरे । सर्राफले ग्लोबल कलेज जस्ता थप शैक्षिक संस्था मधेसभरी खुल्न आवश्यक रहेको बताए ।
कार्यक्रममा कलेजका बोर्ड सदस्यहरु ओम श्रेष्ठ, अशोक सर्राफ, शिक्षक लालबाबु यादव लगायातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण लेक्चरर कृष्ण पटेलले गरेका थिए ।