नेकपाको एकता प्रकृया अन्तिम चरणमा

19

संतोष रन्जितकार
बीरगन्ज, ११ चैत ।
पर्सामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । नेकपा पर्सा जिल्ला कार्यदलले पार्टीको स्थानिय तह कमिटीलाई पूर्णता दिन प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।
सोमबार नेकपा कार्यदलका नेताहरु रामचन्द्र साह, प्रभु हजरा, बिजय महतो, र छोटेलाल यादवले नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहलाई पर्साको १३ वटा स्थानिय तहको कमिटी निर्माणका लागि नामावली सिफारिस गरेको हो ।
बीरगन्ज महानगर बाहेक १३ वटा स्थानिय तहबाट पूर्व एमाले तथा माओबादीबाट २५/२५ गरि प्रत्येक स्थानिय तहमा ५० सदस्यीय कमिटी सिफारिस भएको हो ।
प्रदेश अध्यक्ष साह बीरगन्ज आएको बेला पर्सा कार्यदलले सिफारिस बुझाएको नेता रामचन्द्र साहले जानकारी दिनु भयो । अब केहि साता भित्र स्थानिय तहहरुको कमिटीको नामावली प्रदेशबाट सार्वजनिक हुनासाथ जिल्लामा पार्टीको एकता प्रकृयाले पूर्णता पाउने साहले बताए ।