महिलाहरु आत्मनिर्भर बन्न सिपमुलक ब्युटिसियन तालिम

37

संतोष रन्जितकार
वीरगंज, ११ चैत्र ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सोमबारदेखी एक महिने ब्युटिसियन तालिम सुरु भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा श्री ने.रा.मा.वि. सुगौलीमा सिपमुलक ब्युटिसियन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटिसियन तालिम संचालन गरिएको अध्यक्ष चौधरीले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष चौधरीले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सिपले महिलाको पहिचान स्थापित गर्ने बताइन । महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो ।

गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताइन । आयोजक संस्थाका अध्यक्ष एवं गैसस महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा वडाध्यक्ष फरमान मियाँ अंसारी, मोतिलाल साह, राजेशवर महतो, समाजिक विकास शाखा प्रमुख राज कुमार महतो लगायतले आ–आफm्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमको संचालन ब्रिलिएन्ट युवा क्लबका कार्य समिति सदस्य समेत रहेका पत्रकार शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत मन्तव्य समाजिक परिचालिका बिन्दा गौरोले गरेकी थिइन । गाउँपालिका अन्तर्गतका सबै वडा गरी २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा विना दहाल र निलम कुमारीले प्रशिक्षण दिइरहेका छन ।