श्रीमति कुटेको आरोपमा चिकित्सक पक्राउ

66

संतोष रन्जितकार
वीरगंज, ११ चैत्र ।
पर्सामा एक चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका डाक्टर सचितानन्द यादव रहेका छन् । उनलाई श्रीमती कुटेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार शुक्रबार राति यादवले श्रीमती सुनितालाई गम्भीर घाइते हुने गरि कुटपिट गरेका थिए ।


आफन्तले डाक्टर यादव विरुद्ध उजुरी गरेपछि उनलाई पक्राउ गरेर अनुसनधान सुरु गरिएको र घाइते सरिताको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/