संघीय समाजवादी फोरम नेफाल इकाई कमिटिद्वारा रक्तदान कार्यत्रमको आयोजना

17

संतोष रन्जितकार
वीरगंज, ११ चैत्र ।
संघीय समाजवादी फोरम नेपाल वीरगंज महानगरफालिका वडा नं. १० ईकाई कमिटिद्वारा सोमबार रक्तदान कार्यत्रमको आयोजना गरेको छ ।
वीरगंज स्थित घडिअर्वा फोखरीको मूलद्वार अगाडि आयोजित रक्तmदान कार्यत्रममा ६ महिला सहित ७१ व्यक्तिले रत्तदान गरेको वीरगंज रक्त संचार केन्द्रले जनाएको छ । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादव प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद मियाँको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालको फर्सा जिल्ला अध्यक्ष एवं सांसद यादवले रक्तदान एक व्यत्तिले गर्न सक्ने सबैझन्दा ठुलो मानवीय कार्यहरु मध्ये एक रहेकोले हरेक स्वस्थ्य व्यक्तिलाई रत्तदान गर्न आग्रह गरेका थिए । उनले रगतको मांग बढि रहेको बेला रगतको अभावलाई फूर्ण गर्न यस्ता रक्तदान कार्यत्रमहरुले सहयोग पुर्‍याएको बताउदै थफ रक्तदानका कार्यत्रमहरु आयोजना गर्न आवश्यक रहेको बताए ।
संघीय समाजवादी फोरम नेपाल वीरगंज महानगरपालिका वडा नं. १० ईकाई कमिटिका अध्यक्ष जोगिन्द्र साह कानुको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य प्रमोद साह कानु, समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष एजाज बाबु रांकी, युवा नेता लखनलाल गुप्ता, वासुदेव प्रसाद कलवार, उमेश कुशवाहा, सन्तोषी साह कानु, सलिम अन्सारी, राजबाबु गुप्ता लगायतको सहभागिता रहेको थियो ।