अभिमुखीकरण कार्यक्रम सम्पन्न

70

संतोष रन्जितकार
वीरगंज, १२ चैत ।
लैंगिक समानता तथा समावेशी विकासका लागि स्थानिय तहको योजना तर्जुमा सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा चाईल्ड नेफाल र संरक्षणको कार्यक्रम संचालित किशोरी संवाद अन्तर्गत कार्यत्रम भएको थियो ।
वडाध्यक्ष अमानत अंसारीको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप–मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३० का सचिव नवराज थापा, वडा नं. ३१ की सचिव सोनम खड्का, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, स्वास्थ्य चौकी भेडियाहीका फ्रमुख जाइद हुसेन लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रमको उद्देश्य तथा सहजिकरण कार्यक्रमको संयोजक भागवती शर्मा भण्डारीले गरेकी थिइन भने स्वागत मन्तव्य अधिकृत प्रकाश पाण्डेले गरेका थिए । वीरगंज महानगरपालिकाको वडा नं. ३० लालपर्साको वडा कार्यालयमा झएको कार्यक्रमको संचालन किशोरी सम्वाद कार्यत्रमका सपरभाईजर सुनेशवर साहले गरेका थिए ।

https://ankushdaily.com/