जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

4

संतोष रन्जितकार
वीरगंज, १२ चैत ।
बृहत बिद्यालय सुरक्षा तथा जलवायु उत्थानशिल परियोजना सम्बन्धी मंगलबार एक दिने जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती पर्साको सभाहालमा सम्पन्न भएको कार्यक्रम जिल्ला समन्वय समिती पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेको अध्यक्षतामा र चण्डीगणका प्रमुख सुजन मल्ल प्रमुख अतिथि रहनु भएको थियो ।
आसमान नेपालले आयोजना गरेको कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख जालीम मिया, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, आसमान नेपालका जनकपुर संयोजक बिजय यादव, पर्सा जिल्ला संयोजक अमित दहित, नरेश पटेल लगायतले मन्तब्य राखेका थिए ।
बिपत ब्यवस्थापनका लागी योजना तर्जुमा गर्नै पर्ने, जनचेतना जगाउनु पर्ने, समन्वय सहकार्य गरेर अगाडी बढनु फर्ने लगायतका कुरामा वक्ताहरुले जोड दिएका थिए ।
कार्यत्रममा ८ वटा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई बोलाईए पनि वीरगंज महानगरपािलका, जगरनाथपुर र बिन्दवासिनी गाउँपालिका बाहेकका जनप्रतिनिधीहरुको अनुपस्तिथी रहेको थियो ।