बिमल अग्रवाल भारतीय हुन कि मोहरिया ?

51

वीरगंज, १२ चैक्र ।
व्यत्ति एक तर दुई देशको मतदाता परिचयपत्र भएको प्रमाण फेला परेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ७ बस्ने पवन कुमार कादमियाको छोरा बिमल कुमार अग्रवालको मतदाता परिचयपत्र नं. ५२०७४० रहेको र अर्को भारतीय मतदाता परिचयपत्र नं. 483 HYJ2103547 मा बिमल अग्रवाल र पिताको नाम पवन कुमार अग्रवाल गृह संख्या ६० उल्लेख भएको रक्सौल प्रखण्डको मतदाता नामावलीमा रहेको पाइएको छ । एउटै व्यक्ति दुई देशको मतदाता हुने यो एउटा बिरलै पाइने दृष्टान्त हो । भारतीयहरुको लागि नेपाली नागरिकता कागजको खोष्टोभन्दा खासै अर्थ राख्दैन । धेरै मारवाडी र बिहारीहरुले पैसा तिरेर सजिलै नागरिकता हासिल गरेको कैयौ उदाहरणहरु फेला परेको भएतापनि कमजोर अनुसन्धान प्रक्रिया र हाकिमहरुको रकमी चलखेलको कारण बिमल अग्रवाल जस्ता व्यक्तिहरु दुई देशको नागरिक भएर लाभ उठाइरहेका छन् ।

https://ankushdaily.com/