स्थानीय बासीद्वारा जगदम्बाको नयाँ प्लान्ट संचालन हुन नदिन उद्योगमन्त्री यादवलाई ज्ञापन

9

संतोष रन्जितकार
वीरगंज, १२ चैत ।
वीरगंज स्थित बन्द चिनी मिल उद्योगको वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थलगत अनुगमन गरेका छन् । करिव डेढ दशकदेखि बन्द तथा जिर्ण अवस्थामा रहेको वीरगज चिनी कारखानाको मंगलवार आपुर्तिमन्त्री यादवले स्थलगत अनुगमन गरी सो विषयबारे जानकारी समेत लिनु भएको हो ।
चिनी कारखानाका उपकरणहरु उपयोगविहीन अस्थामा रहेका कारण जीर्ण हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।


मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवन लगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्याय सम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि मन्त्री यादव सहित सर्वोच्च अदालतका न्यायाधीशको टोली जग्गा हेर्न आएको बताउनुभयो । अहिले कारखाना परिसरको काउन्टरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।
चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने कि नहुनेबारे काठमाण्डौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने मन्त्री यादवले बताए ।
वीरगंज स्तिथ उच्च अदालत जनकपुर, वीरगंज इजलास भौतिक समस्या र समाधानका उपायहरुका लागी आनुगमनमा आउनु भएका टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, मुख्य रजिस्ट्रार नृपध्वज निरौला, मुख्य न्यायाधीश हरिकुमार पोखरेल तथा उच्च अदालत अस्थायी इजलास वीरगजका मुख्य न्यायाधीश डिल्लीराज आचार्य लगायत रहेका थिए ।


त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मात्रीका प्रसाद यादवलाई सिमराका स्थानियले जगदम्बाको नयाँ प्लान्ट संचालन हुन नदिन ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार सिमरा बिमानस्थालको बिशिष्ट कक्षमा सिमराका नेकपा र काँग्रेस सहितका नेता कार्यकर्ताले यादवलाई जगदम्बाको प्रदुषणबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
वीरगञ्ज स्थित उच्च अदालतको एक कार्यक्रममा सहभागी हुन सिमरा बिमानस्थल हुँदै आएका मन्त्री यादवले ज्ञापनको जवाफमा अहिले केही दिनलाई उद्योगलाई केही नगरीदिन आग्रह गरेका थिए ।
यही १४ गते हुने लगानी सम्मेलनपछि मात्रै उद्योगलाई के गर्ने भन्नेमा छलफल गर्ने भन्दै मन्त्री यादवले स्थानियको माग अनुसार नै उद्योगलाई निर्देशन दिइने नेकपाका नेता मनोज पौडेलले जानकारी दिए ।
यस अघि सिमराका स्थानियले आइतबार बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ज्ञापन पत्र बुझाउँदै जगदम्बाले सिमराको मानव जिवन नै संकटमा पारेको भन्दै उद्योगले संचालनमा ल्याउन लागेका जस्तापाता प्लान्टलाई संचालन हुन नदिन ध्यानाकर्षण गराएका थिए ।
उद्योगले हाल संचालन गरिरहेको स्थानको पश्चिमपट्टी बस्तीकै बिचमा नयाँ प्लान्ट संचालनको तयारीमा छ । यद्यपी स्थानियले सो प्लान्टलाई कुनै हालतमा संचालनमा आउन नदिने र हाल संचालनमा रहेको स्थानबाट समेत उद्योगलाई स्थानान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।