नियम बिपरीत बढि भार बोक्दै भारतीय र नेपाली ट्रकहरु

19

मनोज साह
जितपुर बारा, १३ चैत ।
सरकारले अनुमति दिएको भन्दा दोब्बर बढि तौल बोकेर पथलैया वीरगंज औद्योगीक करिडोर र सुख्खा बन्दरगाहबाट देशका बिभिन्न ठाउँका लागी नेपाली र भारतिय ट्रकहरु राजमार्गमा संचालन हुने गरेका छन् ।
तराई यातायात ब्यबसायी संघले राजमार्गमा संचालीत नेपाली र भारतिय ट्रकलाई ढुवानी भार ब्यबस्थित गर्न संचालन गरीरहेको तौल पुल सरकारी निकायले बन्द गरेपछि ढुवानीका साधनले मालसमान अनुमती भन्दा बढि बोकी राजमार्गमा गुड्न थालेको हो ।
बढि भारका कारण राजमार्गका सडक र पुरानो पुलहरु जोखीममा पर्ने निश्चित भएको छ । १० टन भन्दा बढि क्षमता धान्न नसक्ने सडकमा पचास टन सम्म मालसमान बोकी नेपाली र भारतिय ट्रकले ढुवानी गरे पछि राजमार्गको सडक बिग्रदो अवस्थामा रहेको र पुलहरु जोखीममा परेको सडक बिभाग कार्यालयले जनाएको छ ।
करीडोरका उद्योग र सुख्खा बन्दगाह वीरगंजबाट दैनीक १ हजार भन्दा बढि नेपाली र भारतिय ट्रक मालसमान बोकी नेपालका बिभिन्न स्थानमा जाने गरेका छन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले करीडोरमा संघद्धारा संचालीत तौलपुल बन्द भएपछि भार नियन्त्रण अनुगमनमा अप्ठयारो पर्न गएको बताए ।
नेपाली भन्दा बढि भारतिय ट्रकहरुले अत्याधिक भार बोकी ल्याउने गरेको र नेपाली ट्रकको तुलनामा उनिहरु बढि कारवाहीमा पर्ने गरेको बताउदै सरकारी निकाय वा अन्य कुनै निकाय बाटै प्रदेशमा तौलपुल संचालन गर्न मांग गरेका छन ।
बढि भार बोकी सवारी साधन चल्ने गरेकै कारण पथलैया वीरगंज ब्यापारीक मार्गको सडक निर्माणकै क्रममा भत्कन थालेको योजनाका प्रमुख संजय कुमार मिश्रले बताए ।
पछिल्लो समय नेपालमा भारतिय ट्रक लहरीहरुले भारतबाटै भारतीय सरकारले दिएको अनुमती भन्दा बढि भार बोकी नेपाल प्रवेश गर्ने गरेका छन । नेपाली र भारतिय ट्रकले बढि भार बोकेकै कारण राजमार्गमा पर्ने बाराको दुधौरा पुल धसीन पुगेको थियो भने अमलेखगंजको तिन नम्बर पुल समेत लच्कीएको छ भने दर्जनौ पुलहरुको जोखीम बढेको सडक विभागले जनाएको छ ।
करीडोरमा संघद्धारा तौल पुल संचालन हुदा पूर्वको बिर्तामोड कांकडभित्ता र मकवानपुरको हेटौडा सम्म जाने नेपाली र भारतिय ट्रकलाई सरकारद्वारा तोकीएको मापदण्डमा रहि ढुवानी गर्न सहज बनाउने काम भएको थियो ।
एक ब्यवसायी भन्छन सरकार आफैले तौलपुल राख्न पनि नसक्ने संघले सरकारकै हितमा गरीराखेको काममा रोक लगाउनु आफैमा बिडम्बना भएको बताए । सडक पुल र सवारी दुर्घटनाको जोखीम रोक्न तराई यातायातले करीब एक दशक देखी करिडोरको सडकमा जोडेर नेपाली र भारतिय ट्रकको भार नियन्त्रण गर्न तौलपुल संचालनमा ल्याएको थियो ।