नेत्र ज्योति दिवसको उपलक्षयमा अभिमुखिकरण कार्यक्रम

39

संतोष रन्जितकार
वीरगंज, १३ चैत्र ।
नेपाल नेत्र ज्योति संघ पर्साले ४१ औं नेत्र ज्योति दिवसको उपलक्षयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ पर्साको आयोजनामा बुधवार राणिसति मन्दिरको प्रांगणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सो अभिमुखीकरण कार्यक्रम नेपाल नेत्र ज्योति संघ पर्साका अध्यक्ष श्रीमती मधु राणाको सभापतित्वमा र सोही संघका केन्द्रिय महासचिव श्याम पोखरेलको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।


कार्यक्रममा वीरगंज महानगरपालिकाका अरुण महतो, जल बिन्दु तथा नेत्र विशेषज्ञ डा. बिभुती थापा, डा. युनु श्रेष्ठ, डा. रविशंकर गुप्ता, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता ओमप्रकाश सरार्फ, ब्लड डोनर्स एसोसिएसन पर्साका सचीव अरबिन्द सिंह, ब्लड बैंक वीरगंजका प्रमुख सौरभ राज पाण्डे, वीरगंज जेसिसका अध्यक्ष शेखर चौधरी, नेबिसंघ पर्साका बद्री तिवारी, अखिल क्रान्तिकारी पर्साका नेता प्रभाकर गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, मिस्टर वीरगंज निर्मल सरार्फ, स्वयम सेवक राजन श्रीवास्तव, हेमन्त तामाङ, संचारकर्मी अजित भुजेल, जाकिर हुसेन, राहुल गुप्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन उमेश गुप्ताले गर्नु भएको थियो ।