नेविसंघद्वारा लामखुट्टे नियन्त्रण गर्न महानगरपालिकालाई ज्ञापन

9

संतोष रन्जितकार
वीरगंज, १३ चैत ।
नेपाल विद्यार्थी (नेवि) संघ पर्साले बुधबार वीरगंज महानगरपालिकालाई लामखुट्टे नियन्त्रण गर्ने लगायतको मांग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेविसंघ पर्साका अध्यक्ष विश्वास रंजन द्विवेदीको नेतृत्वमा वीरगंज महानगर कार्यपालिकाको कार्यालय पुगेर नेविसंघका नेता तथा कार्यकर्ताहरुले उप–मेयर शान्ति कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन ।


वीरगंज महानगरपालिका लामखुट्टेको आंतकले ग्रस्त भएका कारण एसईईको परिक्षार्थीहरुलाई समेत पठन–पाठन गर्नमा समस्या भइरहेको तथा स्थानीयहरुलाई समेत विभिन्न रोगको शिकार हुन पुगेकोले यथासिघ्र नियन्त्रण गर्नुपर्ने नेविसंघले मांग गरेको छ । यसका साथै वीरगंज महानगरपालिकामा भइरहेको सडक निर्माण कार्य यथा सिघ्र सम्पन्न गराउन र धुलो नियन्त्रणको लागि नियमित रुपमा दिनमा दुई पटक पानी छर्ने व्यवस्था गर्न महानगरलाई आग्रह समेत गरेको छ ।
ज्ञापन पत्र मार्फत नेविसंघले महानगरपालिकाले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरेर लामखुट्टे तथा धुलो नियन्त्रण अपिल गर्दै यो काम यथासिघ्र नभए नेविसंघ पर्साले कुनै पनि कदम चाल्न पछि नहटने अवगत समेत गराएको थियो । ज्ञापन पज्ञ बुझदै उप–मेयर कार्कीले बिहिबार देखी तत्काल लामखुट्टेको औषधी छर्न निर्देशन दिनु भएको नेविसंघ पर्साका अध्यक्ष द्विवेदीले बताए ।
ज्ञापन पत्र बुझाउन महानगर पुगेको समुहमा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रीनाथ तिवारी, विदार्थी नेता बिकेश पटेल, रुद्र हल्दर, विवेक गुप्ता, अब्दुल कयुम, मन्जिव मिश्रा, बिकास पटेल, रन्जन चौरसिया, बिकास मण्डल, ओमेश्वर साह लगायतको सहभागिता रहेको थियो ।