विप्लव समर्थक चौरसिया गिरफ्तार

38

संतोष रन्जितकार
वीरगन्ज, १३ चैक्र ।
नेत्रवित्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा प्रदेश प्रमुखलाई पर्सा प्रहरीले पक्राउ गरेको २ दिनपछि सार्वजनिक गरेको छ ।
प्रहरीले भोजपुरा इन्चार्ज वीरगन्ज–१९ का ५५ वर्षीय विगाप्रसाद चौरसियालाई बुधबार सार्वजनिक गरेको हो । चौरसियालाई उनकै गाउँबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले बताए । विभिन्न संघसंस्था तथा सर्वसाधारणसँग चन्दा मागेर डर त्रास देखाउँदै हिँडेको आरोपमा चौरसियालाई पक्राउ गरिएको डिएसपी शर्माले बताए । प्रहरीले चौरसिया विरुद्ध मुद्दा दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।

https://ankushdaily.com/