वीरगञ्ज, १४ चैत ।
वीरगंजका तस्करहरुले टाइगरटोली र प्रहरीका जिम्मेवार अधिकृतहरुलाई महिनावारी खुवाएर तस्करीको लाइन संचालन गरिरहेको भएतापनि नगवा प्रहरीले आफुले पैसा नपाएको भन्दै बुधबार राती रोक–टोक गर्न खोज्दा तस्करहरुले नगवाका असई र हवल्दार लगायतहरुलाई भक्कु पिटाई गरेका छन् । सो पिट–पिटाईको दरम्यान २ जना तस्करहरु समातिएको भएतापनि उनीहरुको नाम पर्सा प्रहरीले सार्वजनिक नगरेको देख्दा घण्टाघरले गुनासो व्यक्त गरेको छ ।