नगरप्रमुख दिपनारायण रौनियारको फुर्ती

16

संतोष रन्जितकार
वीरगंज, १४ चैत ।
पोखरिया नगरपालिकामा बिहिबार वडा स्तरिय सरसफाई सम्बन्धि रणनीतिक योजना कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) ले चर्पी नभएका कर्मचारी र जनप्रतिनिधिको तलब रोक्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रौनियारले पोखरिया नगरपालिकालाई चैत महिना भिक्र खुल्ला दिसामुत्त घोषणा गर्न प्रहरी समेत परिचालन गरिने बताए । सधै चर्पी प्रयोग गर्नेलाई नगरपालिकाले प्रोत्साहन स्वरुप सरसफाई सामग्री समेत उपलब्ध गराउन उनले घोषणा गरे ।
वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडाध्यक्ष अजय साह कलवार, बंका कुर्मी, सोनालाल साह गोढ, नन्दलाल कुर्मी, रामबाबु चौहान, सियानन्द चौहान, समाजिक विकाश शाखाका बिनोद पाण्डे, युनिसेफका पोखरिया संयोजक नरेन्द्र साह लागयतको सहभागिता रहेको थियो ।
युनिसेफको सहयोगमा र पोखरिया नगर कार्यपालिका कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरिया नगरपालिकाको एउटा माक्र वडा नं. ६, श्रीसिया खुल्ला दिसामुत्त घोषणा हुने बाँकी रहेकोले चैत्र भित्र पोखरियालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख अतिथि रौनियारले बताए ।
नगरप्रमुख दिपनारायण रौनियारले जति ढ्वाँस दिएपनि उनी कुन खेतका मुला हुन सबैले चिनिसकेको र उनले भनेगरेका उदघोषलाई सोही अनुसार अरु सबैले बुझ्ने गरेका छन् । घुसखोरी र कमिशनको चक्करमा परेर रौनियार चाँडै अख्तियारको पाहुना बन्ने पोखरीया बासीहरुको भनाई रहेको छ ।